बुधबार, वैशाख २६, २०८१

सबै मिली बनाउ साक्षर नेपाल.. सार्वजनिक !

नेपालखोज २०७९ भदौ २७ गते ९:४१

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले साक्षरता तथा निरन्तर शिक्षासम्बन्धी सबै मिली बनाउँ साक्षर नेपाल बोलको लोकदोहारी भिडियो सवार्जनिक गराएको छ ।

यस गीतको परिकल्पना शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणी पौडेलको छ भने गीतमा शब्द रचना शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निलकण्ठ ढकाल, संगीत वि.पि वाग्ले, गायक भद्र वली, गायीका पूर्णकला वि.सी , संगीत संयोजक (एरेन्जर) राजेन्द्र बजगाई, मास्टरिङ मनोज परियार, निर्देशक रुद्रबहादुर बोहरा, सह-निर्देशक सन्तोष पौडेल (अमित), क्यामेरामा राकेश कौशल सह-क्यामेरामा हरिप्रसाद वाग्ले, इडिटर निराजनसिंह ठकुरी, मेकअप राजु वाइवा, प्रोडक्शन टंक कार्की र होस्ट विष्णुमाया पौडेलको रहेको छ ।

गौशालास्थित पार्टि प्यालेसमा पूर्णकला वि.सी, भद्र वली अन्य कलाकारहरुलगायत शिक्षा तथा मानव स्रोत विकास केन्द्रका कर्मचारीहरुको उपस्थितीमा छायांकन भएको हो । यो भिडियो सार्वजनिक गर्नुको मूख्य भाव अनौपचारिक तथा वैकल्पिक शिक्षालाई निरन्तरता दिदै सबै नेपाली जनतालाई साक्षरता र निरन्तर शिक्षामा जोड दिनु रहेको छ । यस भिडियोलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, देवेन्द्र पौडेल ले ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिन विमोचन गरेका हुन् ।

विमोचनपश्चात कार्यक्रममा कलाकारहरुलाई प्रशंसापत्रसहित निरन्तर शिक्षाको योगदानका लागि गीत-संगीतमार्फत प्रवर्द्धनात्मक कार्य गरेबापत सम्मान गरिएको थियो ।

प्रतिक्रिया