वेष्ट फाइनान्सद्वारा बाल कल्याण आधारभूत विद्यालयलाई स्मार्ट टिभी सहयोग
नेपालखोज
२०७९ भदौ २७ गते १९:४२

काठमाडौंं । वष्ट फाइनान्स कम्पनी लिमिटेडले बाल कल्याण आधारभूत विद्यालय, बालाजुलाई ३२ इन्चको स्मार्ट टिभी सहयोग गरेको छ । फाइनान्सको गोङ्गबु शाखाले सीएसआर कार्यक्रम अन्तर्गत विद्यालयलाई सो टिभि हस्तान्तरण गरेको जनाएको छ ।
फाइनान्सको गोङ्गबु शाखाका प्रबन्धक प्रीति बस्नेतका अनुसार उक्त विद्यालयलाई फाइनान्सको तर्फबाट स्मार्ट टिभीको साथमा स्टेशनरी सामाग्रीसमेत हस्तान्तरण गरिएको थियो ।
फाइनान्सले भविष्यमा पनि यस किसिमका सामाजिक उतरदायीत्वका कार्यहरूमा निरन्तर सहयोग गर्दै जाने जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया