आइतबार, वैशाख २३, २०८१

डेंगु सम्बन्धि केही कुरा

डा . रबिन्द्र पाण्डे २०७९ असोज १३ गते १८:१३

१. डेंगु हुँदा उच्च ज्वरो आउँछ ( १०२ – १०५ ), टाउको दुख्छ, आँखाका गेडी दुख्छन् , हातखुट्टा कटकट दुख्छन्, वाकवाकी तथा वान्ता हुनसक्छ, कसैलाई पखाला पनि हुन्छ । नाक, मुख वा शरीरका अन्य भागबाट रगत आउन सक्छ, साना चिलाउने बिमिरा आउन सक्छन् । यति लक्षण देखिए तत्काल डेंगी परिक्षण गर्नुपर्दछ ।

२. अधिकांश संक्रमितलाई सामान्य र लाक्षणिक उपचारले ५-७ दिनमा निको हुन्छ भने कतिपय व्यक्तिको प्लेट्लेट्स घट्दै गएर अस्पताल भर्ना हुनुपर्दछ । प्लेट्लेट्स धेरै घटेमा रगत/प्लेट्लेट्स चढाउनु पर्ने हुन्छ ।

३. डेंगु पत्ता लगाउन सजिलो छ । रगतमा CBC र Dengue Profile चेक गर्दा डेंगु र त्यसको अवस्था पत्ता लाग्दछ । आफूलाई कति जोखिम बन्दैछ भन्ने थाहा पाउन दैनिक प्लेट्लेट्स परिक्षण गर्नुपर्दछ । प्लेट्लेट्स एक लाखबाट झर्दै गयो भने विशेष सतर्क हुनुपर्दछ । मेरा कतिपय साथीभाइको प्लेट्लेट्स १६००० सम्म पुगेर अस्पताल हुनहुन्छ । Blood Transfusion सहित उपचारमा हुनुहुन्छ । तसर्थ यसको मोनिटरिंग नियमित गर्नुपर्दछ । प्लेट्लेट्स घट्दै गएर थोरै बढ्यो भने बढ्दै गएर जोखिम हट्दछ ।

४. डेंगु कोभिडजस्तै सासबाट सर्दैन । संक्रमित लामखुट्टेले टोकेमा मात्र डेंगु सर्छ । अपवादस्वरूप बोडी फ्लुइडबाट सर्छ भनिएको छ ।

५. डेंगु गराउने एडीस जातको पोथी लामखुट्टे सफा ठाउँमा बस्दछ र त्यही फूल पार्दछ । पानी भएको बाल्टिन, जग, गमला, बाथरुम…. यस्तैमा । यो लामखुट्टे डे बाइटर हो । दिनमा टोक्ने । तसर्थ दिउँसो पनि झुलको प्रयोग गर्नुपर्दछ । ओडोमस लगाउने, लामबाहुले कपडा, लामा मोजा, जुत्ता लगाउनु पर्दछ ।
६. घर तथा कार्यालयमा लामखुट्टे धपाउने झोल वा पत्ताको प्रयोग गर्नुपर्दछ ।
७. डेंगु हुँदा कसैलाई अन्य संक्रमण पनि भएको हुनसक्छ । जस्तै कोभिड, टन्सिल सुन्निने आदि । यो अवस्थामा बहुप्रकारले उपचार गर्नुपर्दछ ।
८. डेंगुको खासै उपचार छैन । ज्वरो आउँदा पारासिटामोल खाने, खोकी भए एलर्जीको औषधि खाने, द्वितीय संक्रमण भए एन्टिबायोटिक थप्ने, एन्टिअक्सिडेन्ट भिटामिन खाने, झोलिलो र पोषिलो औषधि खाने हो । फलफूलमा मेवा ( rich in vitamins, fiber, zinc and folate), किवी (rich in vitamin E, vitamin C, vitamin K and zinc) अनार, जुनार, चुकन्दर, स्याउले निकै फाइदा गर्छ ।

९. चिल्लो, तारेको खाना, धेरै चियाकफी, कोल्ड ड्रिंक्स, मसलेदार खाना, डार्क चकलेट, लसुन, अदुवा, प्याज, गोलभेंडा, मदिरा, धेरै गुलियो खाना आदिले प्लेट्लेट्स घटाउन सक्छन् । तसर्थ यी नखानु राम्रो ।
१०. प्लेट्लेट्स बढाउनको लागि मेवाको पातको रस निकै उपयोगी हुन्छ । धेरै देशमा मेवाको पातको रसबाट ट्याब्लेट, क्याप्सुल, झोल बनाइएको छ । नेपालमा पनि छ । सम्बन्धित चिकित्सकको सल्लाह अनुसार यो सेवन गर्दा फाइदाजनक छ ।

११. ज्वरो वा दुखाइको लागि कहिल्यै पनि एस्पिरिन, आइबूप्रोफेन मिसिएका औषधि ( फ्लेक्सन, ब्रुसेट, निम्स आदि ) खानु हुँदैन । पारासिटामोल मात्र सेवन गर्न सकिन्छ ।
१२. यसको प्रभावकारी खोप छैन ।

प्रतिक्रिया