शनिबार, वैशाख १५, २०८१

बा-आमाको दशैँ !

अर्जुन पराजुली २०७९ असोज १७ गते १०:३३

हिजो
छोराछोरीको दशैँ
बाको पछि लागेर हिँड्थ्यो,
बा आए आउँथ्यो
नआए आउँदैनथ्यो !
आज
बा-आमाको दशैँ
छोराछरीको पछि लागेर हिँड्छ,
छोराछोरी आए आउङ्ँछ
नआए आउँदैन !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया