शुक्रबार, वैशाख १४, २०८१

समानता र भिन्नता

सुनील सापकोटा २०७९ वैशाख ३१ गते ७:५७

तिम्रो र मेरो
अनुहार बेग्लै हो
तर चाहाना एउटै छ

तिम्रो र मेरो
परिस्थिति बेग्लै हो
तर सुख एउटै छ

तिम्रो र मेरो
अवस्था बेग्लै हो
तर दुस्ख एउटै छ

तिम्रो र मेरो ठेगाना
फरक ( फरक हो
तर प्रतीक्षा एउटै छ

तिम्रो र मेरो
सोचाइ बेग्लै हो
तर प्रेम एउटै छ ।

प्रतिक्रिया