अल्लाहको उपासना किन ?

इस्लाममा भक्त र उसको प्रभु (अल्लाह) बीच कुनै माध्यम चाहिँदैन । धेरैजसो धर्ममा विशेष व्यक्ति (पण्डित, पुजारी, पादरी र धर्मगरुहरू) लाई यस्ता धार्मिक विशेषता एवं अधिकारहरू दिइएका छन्, जुन एउटा साधारण व्यक्तिलाई प्राप्त छैन ।
यहाँसम्म कि आस्था तथा उपासनालाई पनि यिनीहरूको प्रशन्नता र स्वीकृतिसँग गाँसिएको छ । ती धर्महरूका अनुसार यिनीहरूलाई माध्यम नबनाइकन ईश्वरको उपासनासमेत गर्न पाइँदैन । यिनीहरूले नै क्षमादान गर्छन् । यिनीहरू भूत, वर्तमान र भविष्य सबै कुरा जान्दछन् । यिनीहरूको कुरा मानिएन भने ठूलो क्षति हुन सक्छ भन्ने झुटो दाबी गरिन्छ ।
तर इस्लामले मानवलाई मान-मर्यादा र सम्मान दिएको छ । मानवको सुख शान्ति, उसको पश्चाताप र उपासनामा कुनै व्यक्ति विशेषको आवश्यकता पर्दैन भन्ने कुराको घोषणा गरेर भक्त र उसको उपास्यको बीचमा रहेका माध्यमहरूलाई रद्द गरेको छ । यद्यपि उनीहरू महान् तथा सज्जन किन नहोउन् । एउटा मुस्लिमको उपासना ऊ र उसको उपास्यको बीच रहन्छ । त्यसमा अरु मानिसको कुनै सरोकार छैन, किनभने अल्लाह आफ्नो भक्तदेखि एकदम नजिक हुनहुन्छ । भक्तको गुहारलाई सुन्नुहुन्छ र पूरा गर्नुहुन्छ । उसको सल्लाह र सम्पूर्ण उपासनालाई राम्ररी देख्नुहुन्छ । अनि प्रतिफल दिनहुन्छ ।
कुनै पनि विशेष व्यक्ति वा धर्म गुरुलाई क्षमा प्रदान गर्ने अधिकार छैन । जनसुकै व्यक्तिले स्वच्छ मनले तौबा (प्रायश्चित) गर्छ भने अल्लाहले तत्कालै क्षमा प्रदान गर्नुहुन्छ । यस ब्रह्माण्डमा कसैलाई पनि दैवी शक्ति तथा पकड प्रदान गरिएको छैन । अतः सारा मामिला एक अल्लाहको हातमा नै छ ।
इस्लामले मुस्लिमको सोच-विचारलाई स्वतन्त्र गरेको छ । झगडा वा मतभेदको समयमा कुरान र सही हदिसको निर्णयलाई मात्र स्वीकार्ने आह्वान गरेको छ ।
याद राख्नुहोस्नु ! रसुल (सल्लल्लाहु अलैही व सल्लम) बाहेक संसारमा कुनै पनि यस्तो व्यक्ति छैन जसको हरेक कुरा हामीले मान्नै पर्छ, किनकि उहाँले आफ्नो इच्छाले के ही पनि भन्नुभएको छैन । उहाँले जे भन्नुभयो, अल्लाहको तर्फबाट नै भन्नुभयो । अल्लाहले भन्नुभएको छ- ‘उहाँ आफ्नो इच्छाले केही भन्नुहुन्न । यो त एउटा वही (प्रकाशना) हो जुन उहाँमा अवतरण गरिन्छ ।’ (कुरान : ५३/३-४)
अल्लाहले इस्लामको मार्गदर्शन गरेर हामीमाथि ठूलो उपकार गर्नुभएको छ, किनकि यो नै प्राकृतिक धर्म हो । यसले नै मानिसलाई प्रतिष्ठा र सम्मान दिन्छ । विशेष गरी गरिब र निमुखाहरूलाई सामन्ती र राक्षसहरूको दासता र बन्धनबाट मुक्ति प्रदान गर्दछ ।
(फहद बिन सालिम बाहमामको नयाँ मुस्लिम निर्देशिकामा आधारित ।)
प्रतिक्रिया