चितवन क्षेत्र ३ मा डा अधिकारीलाई उम्मेदवार बनाउने

नेपालखोज २०७९ असोज २३ गते ९:४९

चितवन । नेकपा (माओवादी केन्द्र) ले चितवन क्षेत्र ३ मा डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । यो निर्वाचन क्षेत्र सत्ता गठबन्धनका तर्फबाट माओवादीकेन्द्रको भागमा परेको छ ।

विसं २०७४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोही क्षेत्रबाट निर्वाचन जितेका थिए । डा. अधिकारी संघीय अस्पताल भरतपुर अस्पतालको अध्यक्ष छन् ।

उनले आजै राजीनामा दिएर उम्मेदवारी दिने जानकारी दिए । उनी माओवादीको स्वास्थ्य जनसङ्ख्या विभागको केन्द्रीय सचिव छन् ।

प्रतिक्रिया