राष्ट्र बैंकद्वारा १८ अर्ब २५ करोडको ट्रेजरीको बिक्री आव्हान

नेपालखोज २०७९ असोज २३ गते १७:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिलको बिक्री आव्हान गरेको छ । राष्ट्र बैंककाअनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने असोज २५ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।

बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड र तीन सय ६४ दिने अवधिको तीन अर्ब रुपैयाँ बराबरको रहेको छ ।

यी ट्रेजरीहरूको परिपक्व हुने अवधि भने क्रमशः २०७९ कार्तिक दुई गते, २०७९ पुस २६ गते, २०७९ चैत्र १२ गते र २०८० असोज २३ गते तोकिएका छन् । राष्ट्र बैकका अनुसार यि ट्रेजरी पुरानो नविकरण अन्तर्गतका रहेका छन् ।

यसअघि यही असोज १३ गते पनि राष्ट्र बैकले १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया