मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी अन्तिम चरणमा
नेपालखोज
२०७९ कार्तिक ४ गते १६:०५

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले यही कात्तिकभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी अन्तिम चरणमा जुटेको छ । पानी ल्याउन आवश्यक सुधार र तयारीको काम अगाडि बढेको बताइएको छ ।
आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।
स्थायी समाधान नहुँदासम्म वर्षामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेरै ल्याउनुपर्ने अवस्था भएकोले गत वैशाखमा पानी पुन: वितरण सुरु गरिएकामा असारदेखि रोकिएको थियो । उनले भने, ‘यो वर्ष आयोजनामा कम क्षति भएकाले अघिल्लो वर्षभन्दा चाँडै पानी ल्याउन सकिनेछ ।’
सम्बन्धित

प्रतिक्रिया