पार्टीले न्याय हुने गरी चुनावमा टिकट दिएको छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले काम र योगदानका आधारमा न्याय हुने गरी आगामी निर्वाचनका लागि टिकट दिएको बताएका छन् ।
तिहारका अवसरमा नेकपा (एमाले) ललितपुरले आज आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले कतिपयले टिकट नपाएको भन्ने प्रसङ्गमा सबैलाई पालो पनि दिनुपर्ने बताए ।
उनले एमाले कार्यकर्तालाई कुनै भावनामा बग्नुपर्ने आवश्यकता नभएको उल्लेख गर्दै एमालेमा न्याय हुने तर न्याय सापेक्ष हुने स्पष्ट पाए । ‘टिकट पाएन, स्वभाविक हो, पालो गर्नुपर्दैन ? अरुलाई पनि त पालो दिनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘पार्टीको पक्षमा, देशको पक्षमा असाधारण भूमिका भए पनि उहाँको भूमिका आवश्यक छ, उहाँ नभइकन संसद् चल्दैन, उहाँ नभइकन देश हाँकिदैन भन्ने स्थिति त होइन ।’
अध्यक्ष ओलीले टिकट नपाएका नेताप्रति लक्षित गर्दै २०४८ सालदेखि सांसद भइरहेका र गत असोज २/३ गतेसम्म सांसद रहिरहेका व्यक्तिले टिकट नपाएकामा रुवाबासी गर्नु सही नभएको धारणा राखे ।

प्रतिक्रिया