नो नट इभन वान्स !

नेपालखोज २०७९ कार्तिक १५ गते १३:४४

वरिष्ठ पत्रकार हरि अधिकारी लेख्छन्, ‘स्थापित पार्टीहरूका बूढा-पुराना, वैयक्तिक निष्ठाका दृष्टिले सन्देहास्पद र अक्षम नेताहरूलाई किनारा लगाउनु पर्दछ भन्ने सोचको आडमा राजनीतिक संघर्षको लामो इतिहास भएका दलहरूका सबै अगुवा कार्यकर्ताहरूलाई एकै घान सखाप पार्न माग गर्दै नो नट अगेनको नारा लगाइरहेका विभिन्न रूपाकारका भुइँफुट्टाहरूलाई सम्बोधन गर्दै भन्न चाहन्छु: नो भोट फर यू ! नट् इभेन वान्स् !!

किन ?
किनकी, तिमी भुइँफुट्टाहरूसँग न कुनै नीति छ, न सिद्धान्त, न कार्यक्रम न त संगठित सामर्थ्य !! हाम्रो राष्ट्रले अंगीकार गरेको पद्धति राजनीतिक संगठनका आधारमा चल्ने पद्धति हो । पार्टीहरू यसको आधारशिला हुन् । जगको ढुङ्गालाई नै उखेलेर फ्याँक्न खोज्नेहरूलाई कसरी भोट दिने ?

रवि लामिछानेलाई नि?
उनलाई त म रत्तिभर पनि विश्वास गर्न सक्दिन । अमेरिकी पासपोर्ट बोकेर नेपाल आएका उनले नेपाल सरकारको अनुमति नलिई दुई वर्षभन्दा बढी समय अवैध मिडिया बिजनेस गरेर दण्डनीय कसुर गरिसकेका छन् । विधिको शासन भएको देश हुँदो हो नेपाल भने त अमेरिकी पासपोर्ट सरेण्डर गर्नु अघिको अवधिमा रविले गरेको अवैध व्यापारका लागि उनी निश्चित रूपमा जेल चलान हुन्थे !

अधिकारिको पोस्टमा आएका केही प्रतिक्रिया:

कडा अनि सत्य कुरो निस्कियो ।
जीवन थापा

भनेपछि त्यही प्रचण्ड, शेर बहादुर, ओली, माधव नै जिन्दावाद भनौं हैन त।
सन्जिव किराँती राई

धेरै प्रतिशत सहमत र रवि बारे ११० % । उसमाथि त हत्याको आरोप पनि थियो । जेल पनि परेको तर चितवनका जनताले बचाएका । यस पटकको चुनाव ह्विप भन्दा पनि ह्विम नै हो हरि भाइ । एउटा लहर चलेको छ । लहरले केही लछार पछार गर्ला जस्तो त छैन तर केही असर त पर्ला पनि । चितवनमा एमाले बलियो बनेको छ । हेर्नुस् चितवनमा प्रचण्ड समेतले आफ्नो धरातल बचाउन सकेनन चुनाव अघि नै । रविका पार्टीमा कतिले जित्लान् ? एक दुई ? मलाई त शंका छ तर चितवनमा उसले जित्न सक्दैनन् ।
एलबी क्षेत्री

शेर बहादुर, पुष्पकमल दहाल, खड्ग ओली, माकुनेलाई यो देश र जनता लुटन दिउँ ! त्यसैमा हामी सबैको र देशको भलाइ छ।
मधु घिमिरे

यसमा पूर्ण सत्यता लाग्दैन ।अर्धसत्यले पनि मानिसलाई भ्रममा पार्दछ । भुईंफुट्टाहरू उठेका होलान् तर पार्टीहरू सिद्धान्तविहीन हुँदै गएको नदेख्नु विवेकहीनता हो ।
कपिल

प्रारम्भमा शीर्ष नेताहरूलाई मात्र जिताउनु हुन्न भनिएको थियो । पछि गएर दलकै विरुद्ध शुरु भयो ।
योगि कृष्ण

म दलको विरुद्धमा छैन । दलभित्र मौलाएको दलाली प्रथा र दलालको विरुद्धमा छु । खास गरेर केही शिर्ष नेताहरु राजनीतिबाट किनार लागेमा अझै सुधार हुने सम्भावना देखेको छु ।
निलकान्त शर्मा

सिनियर नेताहरूको कारिन्दाले मालिकलाई गाली नगर्न फर्मान जारी गरेछन् । अदना हामीहरूलाई उनलाई जस्तै सेवा सहयोग गरेका/दिएका पाएकाहरूले त नुनको सोझो गर्ने छन् । त्यो हर्क, बल ,रवीन्द्रहरु आफैँ भोका छन् । गाली खाने पालो तिनीहरूकै हो नि । बूढाहरूको त मलामी जाने हो ।
नवीन पोखरेल

प्रतिक्रिया