के पेट्रोलको पनि एक्सपायरी डेट हुन्छ ?

नेपालखोज २०७९ कार्तिक १८ गते १६:३०

कहिलेकाहीँ हप्ता वा महिनासम्म पनि गाडीको प्रयोग नगर्दा ट्याङ्कीमा पेट्रोल त्यसै रहन्छ। के गाडीमा भएको पेट्रोल यसरी राख्दा राख्दै खराब हुन्छ ? यदि हुन्छ भने कति दिनमा ? आउनुहोस् जवाफ जानौं :

जब हामी पसलबाट कुनै वस्तु खरिद गर्छौं, त्यसको मूल्यसँगै हामी सबैले हेर्ने कुरा म्याद सकिने मिति हो तर के तपाईंले कहिल्यै सोच्नुभएको छ ? पेट्रोलको पनि एक्सपायरी डेट हुन्छ ?

पेट्रोल र डिजेल बनाउन कच्चा तेल प्रशोधन गर्दा यसमा धेरै रसायनहरू थपिन्छन् । यी मध्ये एक रासायन इथानोल पनि हो । यस्ले पेट्रोल र डिजेलको शेल्फ लाइफ कम गर्छ । नेपालमा बिक्री गरिने पेट्रोलमा २० प्रतिशत इथानोल मिसाइएको बताइन्छ । गाडीलाई लामो समयसम्म पार्किङ गर्दा त्यसमा रहेको पेट्रोलको रसायन तापक्रमसँगै वाफमा परिणत हुन्छ । बाहिर निस्कने मौका नपाउँदा पेट्रोल, डिजेल सड्न थाल्छ ।

कति दिनमा पेट्रोल बिग्रन्छ ?
पार्किङ गरिएको कारमा भरिएको पेट्रोल कति समयमा बिग्रन्छ भन्ने कुरा तापक्रममा भरपर्छ। तापक्रम जति बढ्यो त्यति नै चाँडो डिजेल–पेट्रोल बिग्रर्न सक्छ । जस्तै : कुनै कार तातो गर्मीमा १ महिनाको लागि लगातार पार्क गरिएको छ भने त्यसमा भएको तेल सड्न सक्छ। एक प्रतिवेदन अनुसार सिल गरिएको कन्टेनरमा एक वर्षसम्म पेट्रोल भण्डारण गर्न सकिन्छ । जबकी कार ट्याङ्कीमा यो २० डिग्री सेल्सियसको तापक्रममा ६ महिनासम्म बिग्रने छैन। अर्कोतर्फ तापक्रम ३० डिग्री सेल्सियस भए तीन महिनापछि बिग्रने सम्भावना हुन्छ ।

प्रतिक्रिया