प्रदेश १ सरकारद्वारा मन्त्री थापाको निधनमा भाेलि सार्वजनिक बिदा तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय
नेपालखोज
२०७९ कार्तिक २३ गते २१:४९

काठमाडाैं । प्रदेश नं १ सरकारले प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको आज निधन भएकामा कात्तिक २४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मालिम तथा कानून मन्त्रालयका निमित्त प्रदेश सचिव अर्जुन निरौलाद्वारा आज जारी सूचनामा मन्त्री थापाको निधनमा कात्तिक २४ गते बिहीबार प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्थामा सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको उल्लेख गरिएको छ । रासस
सम्बन्धित

प्रतिक्रिया