आइतबार, जेठ ५, २०८२

अमेरिकामा एयर शोका क्रममा दुई विमान ठोक्किए

नेपालखोज २०७९ कार्तिक २७ गते १४:२१

अमेरिकाको टेक्सासमा दुईवटा विमान आकाशमा ठोक्किएका छन् । यो घटनाको एउटा डरलाग्दो भिडियो पनि सार्वजनिक भएको छ । हावामा ठोक्किएका यी दुवै विमान टेक्सासको डलास सहरमा भएको एयर शोमा सहभागी हुन आएका भिन्टेज सैन्य विमान थिए । एयर शोमा ट्रिक प्रदर्शन गर्नेक्रममा दुवै विमान हावामा ठोक्किएको बताईन्छ । दुर्घटना नोबेम्बर १२ का दिन स्थानीय समय अनुसार दिउँसो १.३० बजे भएको थियो ।

टेक्सासको डलासमा भिन्टेज एयर शो चलिरहेको थियो । एउटा बोइङ B-17 ले हावामा कलाबाजि गरिरहेको थियो, तब अचानक बेल P-63 नामक अर्को विमान उक्त विमानको नजिक आयो र कसैले केही बुझ्नु अघि नै दुवै ठोक्किए । घटनास्थलमा ४० भन्दा बढी दमकल पुगेर आगो निभाएका छन भने भग्नावशेषबाट मानिसहरुलाई निकाल्ने काम जारी छ । दुवै विमानमा पाइलटसहित ६ जना सवार थिए । यी सबै ६ जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

ट्विटरमा पोष्ट गरिएका भिडियोहरूमा दुईवटा विमान हावामा ठोक्किएको देखिन्छ। दुवै विमान आकाशमा जुगलिङ गरिरहेका थिए, अचानक एकआपसमा ठोक्किएर आकाशमा कालो धुवाँको मुस्लो उड्यो । FAA र राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान सुरु गरेको छ। अहिले यो एयर शोमा यति ठूलो गल्ती कसरी भयो भन्ने प्रश्न पनि उठिरहेको छ । पेशेवर पाइलटहरूले कसरी यति ठूलो गल्ती गरे ? जसको शक्तिमा मित्र राष्ट्रहरूले दोस्रो विश्वयुद्धमा जर्मनीलाई पराजित गरेका थिए । ती विमानहरू कसरी यति लापरवाहीपूर्वक ठोक्किए ? यी प्रश्नहरूको जवाफ छिट्टै पाईने छ किनभने अमेरिकाको संघीय उड्डयन मन्त्रीले यसको अनुसन्धान सुरु गराईसकेका छन्।

प्रतिक्रिया