ट्रुकेयर इन्टरप्राइजेजद्वारा नेपालको पहिलो अन्तर्राष्ट्रिय शैलीको फार्मेसी र सौन्दर्य स्टोर उद्घाटन

नेपालखोज २०७९ कार्तिक २७ गते १६:१५

ललितपुर । ललितपुरको एकान्तकुनामा नेपालकै पहिलो अन्तराष्ट्रिय शैलीको औषधी तथा सौन्दर्य स्टोर, ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा आएको छ । शनिबार विभिन्न आमन्त्रित अतिथीहरुको उपस्थितिमा सो स्टोरको उद्घाटन एक भव्य समारोहका बिच भएको थियो । स्टोरको उद्घाटन नेपालकी अग्रगामी मेकअप आर्टिस्ट स्नेह राणाले गरेका थिए ।

ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर नेपालकै पहिलो अन्तर्राष्ट्रिय शैलीको फार्मेसी हो । औषधि र औषधि-जन्य उत्पादनहरुका साथै, यस स्टोरमा सुप्रसिद्ध स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सौन्दर्य, स्वास्थ्य, फिटनेस र वेलनेस उत्पादनहरू ग्राहकहरूले एउटै छाना मुनि पाउनेछन् ।

समारोहमा आयोजित छोटो प्रेस साक्षातकार कार्यक्रममा ट्रुकेयरका प्रमुख कार्यकारी अधिकृत, शाश्वत बज्राचार्यले ‘ट्रुकेयर फार्मेसी र ब्यूटीस्टोरले ग्राहकहरुको अनुभवलाई उच्च प्राथमिकतामा राख्ने’ बताएका छन् ।

साथै उनले भने, ‘हामी नेपालीहरूले पनि अन्तराष्ट्रिय स्तरको फार्मेसी र वेलनेस स्टोरमा शपिङ गर्न पाउनुपर्छ र नेपालमा पनि उच्च स्तरको सेवा र विश्वस्तरका उत्पादन र अनुभव प्रदान गर्न सकिन्छ भन्ने मूख्य अभिप्रायः राखेर यो ट्रुकेयर फार्मेसी र ब्यूटी स्टोर खोलिएको हो ।’

छिट्टै रिटेल आउटलेटहरूको संख्या बढाउने योजना बनाएका, बज्राचार्य नेपालको स्वास्थ्य र वेलनेस क्षेत्रमा भइरहेको प्रगति र विकास देखेर उत्साहित छन् । उनी भन्छन्, ‘ग्राहकहरुलाई यो फरक र नयाँ अनुभव हुनेछ किनभने हामी वहाँहरुलाई साँच्चिकै विस्वस्तरको सेवा प्रदान गर्न चाहन्छौं । त्यसैले हामीले हाम्रो स्टोरको नाम ट्रुकेयर (साँचो सेवा) राखेका छौं ।’

ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर जावलाखेल–एकान्तकुनामा, स्विस दूतावासको छेउमा रहेको छ र हप्ताको सातै दिन खुला रहने छ ।

प्रतिक्रिया