पुष्प र वर्षा फिचर्ड ‘नखरा कबुल’ सार्वजनिक
नेपालखोज
२०७९ कार्तिक ३० गते १४:१५

काठमाडौंं । कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्वर उड्डयन क्षेत्रका सफल व्यवसायी एवम गायक विकास राणाको रहेको छ ।
गीतमा शब्द नारायण नेपालको रहेको छ भने शशि बिक्रम थापाको संगीत रहेको छ । यस गीतलाई विनोद भुजेलले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक पुष्प खड्का फिचर्ड छन् । बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।
निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक राणाको युट्युब च्यानल ’विकास राणा अफिसिएल’ मार्फत सार्वजनिक भएको हो । यसअघि गायक राणाको स्वरमा समावेश ’प्रेमको परिभाषा’, ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौ’, ‘शैलुङ’ बोलका गीतहरु सार्वजनिक भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया