दाङ-२ मा माओवादीकी रेखा शर्माको सुरुआती अग्रता
नेपालखोज
२०७९ मंसिर ५ गते १६:४९

दाङ । दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा (माओवादी केन्द्र) की रेखा शर्माले सुरुआती अग्रता लिएकी छन् ।
दुई हजार सात सय ८० मत गणना हुँदा उनले एक हजार चार सय ५० मत प्राप्त गरेकी छन् । नेकपा (एमाले)का शंकर पोखरेलले आठ सय ४६ मत प्राप्त गरे मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।
यस क्षेत्रमा एक लाख ३३ हजार सात सय ४८ मतदाता रहेकामा ७९ हजार चार सय ४६ मत खसेको थियो । यस क्षेत्रको मतगणना घोराहीस्थित जिल्ला समन्वय समितिकोे हलमा जारी छ ।
सम्बन्धित
प्रतिक्रिया