बिहीबार, जेठ २, २०८२

अब फिफा क्लब विश्वकप

नेपालखोज २०७९ पुष ५ गते १५:२६

काठमाडाैं । अर्को संस्करणको फिफा क्लब विश्वकप ३ वर्ष पछि हुने भएको छ। यस अघिका हरेक संस्करण हरेक वर्ष प्रत्येक महाद्वीपका च्याम्पियन्सको बीचमा हुँदै आएको थियो भने अर्को विश्वकप भने सन् २०२५ को फेब्रुअरीमा हुने फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले बताएका छन्।

आगामी फिफा क्लब विश्वकपमा ३२ वटा क्लबले सहभागिता जनाउने छन्। फिफाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै फिफा अध्यक्ष इन्फान्टिनोले भनेका छन- नयाँ पुरुष क्लब विश्वकप – २०२५ मा हुनेछ र यसमा ३२ क्लब सहभागी हुनेछन् र
यसलाई विश्वकप जस्तै बनाइनेछ । क्लब विश्वकपको बर्तमान विजेता चेल्सी फुटबल क्लब हो । आगामि क्लब विश्वकपका लागि सहभागिता जनाउँने क्लबले प्रतियोगितामा छनोट हुन पार गर्नुपर्ने मापदण्ड भने स्पष्ट पारिएको छैन ।


यो प्रतियोगिताको आयोजना मोरक्कोले गर्नेछ । मोरक्कोले २०१३ र २०१४ मा पनि प्रतियोगिता आयोजना गरेको थियो, जसमा बायर्न म्युनिख र रियल म्याड्रिडले जितेका थिए।

प्रतिक्रिया