कारको विन्डस्क्रिनबाट कुहिरो हटाउन

काठमाडाैं । जब कारको विन्डस्क्रिनमा अचानक फग देखिन थाल्छ तब त्यो कुहिरो कसरी हटाउने भनेर चिन्तित हुनु स्वभाविक हो । खासगरि जाडो मौसममा गाडी चलाउँदा विन्ड स्क्रिनमा अक्सर कुहिरो देखिन्छ र त्यसले सबारि चलाउन मै असुबिधा सृजना गर्छ । केही स्मार्ट बिधिले त्यसलाई हटाउन पनि सकिन्छ । यसबाट तपाई बिना कुनै बाधा आफ्नो यात्रा पूरा गर्न सक्नुहुन्छ ।
गाडी भित्रको हावा सामान्यतया बाहिरको चिसो हावा भन्दा तातो हुन्छ । कारको साइड मिरर र विन्डस्क्रिन सामान्यतया बाहिरी तापक्रमभन्दा चिसो हुन्छ, त्यसैले तातो हावा चिसो शिशासँग सम्पर्कमा आउँदा भित्रको हावाको तापक्रम घट्छ र यसले कुहिरो निम्त्याउँछ । यदि कसैलाई आफ्नो कारको विन्डस्क्रिनबाट कुहिरो हटाउने सही तरिका थाहा छैन भने, ऊ ठूलो दुर्घटनाको शिकार बन्न सक्छ । यस्तो अवस्थामा कार चलाउनुअघि केहि आधारभूत जानकारी हासिल गरेको हुनु पर्छ जसले गर्दा यात्रालाई सहज बनाउन सकिन्छ ।
एयरकण्डिसन : यदि गाडिका झ्यालहरूमा ‘फगिङ’ छ भने सामान्य तापक्रममा एयरकण्डिसन चालु गर्नुहोस् । यसबाट कारको सिसाबाट कुहिरो सजिलै गायब हुनेछ । सम्भव भए कारमा केही ताजा हावा प्रवेश हुन दिनुहोस् । विन्डस्क्रिन सफा गर्न आफ्नो कारको डेमिस्टर प्रयोग गर्न सकिन्छ । अधिकांश आधुनिक कार विन्डस्क्रिनको कुहिरो हटाउने डेमिस्टर एयर कन्डिसनर तथा फ्यानले सुसज्जित हुन्छन् ।
डिफ्रोस्टर : अगाडिको विन्डस्क्रिन डेमिस्टरका अतिरिक्त कतिपय कारमा पछाडि पनि विन्डो डिफ्रोस्टर हुन्छ । आफ्नो कारको शिशा कुहिरोबाट मुक्त राख्न डिफ्रोस्टर प्रयोग गर्नु पर्छ । यसले विद्युत प्रवाहको सहायताले शिशामा तातो कायम राख्छ, जसका कारण सिसाबाट सजिलै कुहिरो हटाउन सकिन्छ। तपाईले याद गर्नु भएको छ भने केहि कारको विन्डस्क्रिनमा रातो रेखा हुन्छ। यसलाइ कुहिरो हटाउन मात्र प्रयोग गरिन्छ । यो विकल्प केही कारहरूमा मात्र उपलब्ध छ ।
सरसफाइमा ध्यान : कार चलाउँदा धेरै प्रकारका अनावश्यक तत्वहरू आएर यसको सिसामा बस्छन्, जसमा धुलो देखि लिएर स-साना कीराहरू सम्म हुन्छन् । यसले कुहिरोलाई विन्डस्क्रिनमा फैलाउन मद्दत गर्दछ । यस्तो अवस्थामा हामीले समय – समयमा कारको विन्डस्क्रिन सफा गरिरहनुपर्छ । यसले कारको सौन्दर्य कायम राख्न पनि मद्दत गर्छ।

प्रतिक्रिया