नेपाल टी २० लिग क्रिकेटमा लुम्बिनीको लगातार पाचौं जित

काठमाण्डौँ । लुम्बिनी अल स्टार्सले काठमाडौंमा जारी नेपाल टी २० लिग क्रिकेट प्रतियोगितामा लगातार पाचौं जित दर्ता गरेको छ । पाचौं जित दर्ता गर्ने क्रममा आज लुम्बिनीले काठमाडौं नाइट्सलाई ३५ रनले हरायो ।
लुम्बिनीले दिएको १५१ रनको लक्ष्य पन्छाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा ११५ रन मात्रै बनाउन सक्यो । जसमा अजमतुल्लाह उमरजाइले ३८ रन बनाउनुबाहेक अरुले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
लुम्बिनीका लागि हरमीत सिंहले ३ विकेट हात पारे । त्यसअघि त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १५० रन बनायो ।
जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले ४०,लाहिरु मिलन्थाले २५ रनको योगदान गरे । काठमाडौंका अजमतुल्लाह ओमरजाईले २ विकेट लिए । जितसंगै पाँच खेलबाट १० अंक जोड्दै लुम्बिनी अंकतालिकाको शिर्ष स्थानमा कायमै रहेको छ ।
काठमाडौंले चारखेलमध्ये दुई खेल मात्रै जितेको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा शनिबारदेखि सञ्चालन भएको नेपाल टी २० लिगको यो पहिलो संस्करणमा ६ टिमको सहभागिता रहेको छ ।
प्रतिक्रिया