मंगलबार, वैशाख १८, २०८१

मरेपछि भयो

जानकी निरौला २०७९ पुष १६ गते ९:५२

फूलको बयान भुइँमा झरेपछी भयो।
उ सबको प्यारो आज मरेपछी भयो।

रावण र रामको रासी एउटै थियो तर,
रावण दुष्ट सितालाइ हरेपछी भयो।

तितो थियो औंशिको रात त्यो भन्ने,
पुर्णिमामा जुनले ज्योती छरेपछी भयो।

माया गर्नु कसुर होइन प्रीय सुन,
पस्चाताप त मीठो भुलमा परेपछि भयो।

दुर दृस्टिमा यसै पनि भ्रम हुन सक्छ,
को कस्तो थाह सामिप्यमै सरेपछि भयो।

एकै निमेषले पनि उथलपुथल ल्याउछ,
भुकम्पले पलमै तहस्नहस् गरेपछी भयो।।

फूलको बयान भुइँमा झरेपछी भयो
उ सबको प्यारो आज मरेपछी भयो।

धनुषा, गोदार।

प्रतिक्रिया