सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल
नेपालखोज
२०७९ पुष १६ गते ११:२१

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले)बाट सो पार्टीको संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन हुनुभएको छ । आज बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो ।
त्यस्तै उपनेतामा सन्तोष शर्मा थापा चयन भएका छन् । एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।
सम्बन्धित
प्रतिक्रिया