म्याच फिक्सिङको खण्डन गर्दै क्यानले भन्यो : प्रमाणसहित उजुरी दिनुस्
नेपालखोज
२०७९ पुष २० गते १४:३०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ भएको विषयलाई खण्डन गरेको छ ।
क्यानले बुधबार जारी गरेको वक्तव्यमा नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पु¥याउने गरी गरिएका झुटो भएको दाबी गर्दै म्याच फिक्सङ वा स्पट फिक्सिङबारे जानकारी भएमा प्रमाणसहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय र नेपाल टी–२० लिगको एन्टी करप्सन युनिटमा उजुरी दिन पनि आग्रह गरेको छ ।
कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा हस्ताक्षरित वक्तव्यमा मिथ्या र भ्रामक सूचना नफैलाउन आग्रह गरिएको छ ।
९ पुसदेखि सुरु भएको नेपाल टी–२० लिगमा बेटिङ, सम्भावित फिक्सिङ र विदेशी खेलाडीलाई श्रम स्वीकृतिविना खेलाइएको घटनाप्रति अनुसन्धान गर्न गृहमन्त्री रवि लामिछानेले मंगलबार नै नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया