संसदमा जिम्मेवार भएर गहन भूमिका निभाउन देउवाको निर्देशन
नेपालखोज
२०७९ पुष २३ गते १६:१२

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै संसद्मा सबैले सून्ने र देख्ने गरी सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।
कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले पार्टीका नवनिर्वाचित सांसदहरूलाई संसदमा कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।
शनिबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठक सम्पन्न भएको छ । बैठकमा संसदीय प्रक्रिया र मर्यादाका विषयमा प्रमुख सचेतक रमेश लेखकले जानकारी गराएका थिए ।
अर्को बैठक २६ गते बिहान ९ बजे बस्ने लेखकले जानकारी दिए । सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा अर्को बैठकले निर्णय गर्ने छ ।
सम्बन्धित
प्रतिक्रिया