शान्ति र शंकरको ’रिसाउ बरु सहन्छु’ सार्वजनिक (भिडियो)

काठमाडौं । पछिल्लो पुस्ताका चर्चित अनि सफल संगीतकार शंकर थापा ‘स्माइल’को स्वर र संगीतमा समावेश ‘रिसाउ बरु सहन्छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आफ्नो हरेक सिर्जनामा नेपाली मौलिक पन र सरल बनाउन कोसिस गर्ने थापालाई यसपटक अमेरिकामा बसोबास गर्दै आइरहेकी गायिका एवम मोडल शान्ति गजमेर सुनारले स्वरमा साथ दिएकी छिन् ।
रोमान्टिक भर्सनको यस गीतलाई नवराज भुमरी आचार्यले लेखेका हुन् भने उदय राज पौडेलले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा गायिका शान्ति गजमेर सुनार र प्रिन्स बिश्वकर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ ।
कालिञ्चोक वरपरका रमणीय दृश्य समेटिएको भिडियोलाई सुजन श्रेष्ठले छायाँकन गरेका हुन् भने दिन्सन शाहले सम्पादन गरेका हुन् ।
प्रनय सुनार निर्माता रहेको यस भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो । भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।
भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।
प्रतिक्रिया