सोमबार, असार ९, २०८२

चलचित्रकर्मीलाई लाग्यो चुनाव

नेपालखोज २०७९ पुष २८ गते ९:३८

काठमाण्डौं । नेपाली चलचित्रसँग सम्बन्धित सङ्घसंस्थामा चुनावी रौनक सुरू भएको छ । चलचित्र कलाकार सङ्घ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक सङ्घ र चलचित्र पत्रकार सङ्घ नेपालले चुनावी मिति तय गरेसँगै नयाँ नेतृत्वका लागि दौडधुप सुरू भएको छ ।

आगामी फागुन ११ गते साधारणसभासँगै चुनावी सभा तोकेको नेपाल चलचित्र प्राविधिक सङ्घमा नयाँ नेतृत्व कसले लिने भन्ने छलफलले तीव्रता पाएको छ । यस्तै नेपाल चलचित्र निर्देशक समाज फागुनको अन्तिम साता साधारणसभा र नयाँ नेतृत्व चयन गर्ने तयारीमा छ ।

नेपाल चलचित्र कलाकार सङ्घले आगामी चैत ४ गते नयाँ कार्यसमिति चयन गर्दैछ । सङ्घका प्रवक्ता मोहन निरौलाले सदस्यता नवीकरणसँगै अन्य तयारी भइरहेको जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घको एसोेसिएट संस्था चलचित्र पत्रकार सङ्घ नेपालको फागुन १७ गते नवौँ महाधिवेशन हुँदैछ । अध्यक्ष दिनेश सिटौलाले अहिले शाखा अधिवेशन भइरहेको जानकारी दिए । नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घको निर्वाचन केही समय अगाडि मात्र सम्पन्न भएको थियो ।

प्रतिक्रिया