सबैभन्दा बढी चुम्बन दृश्य भएका हिन्दी फिल्म !

काठमाडौं । बलिउडले पछिल्ला केही वर्षमा धेरै ठुला परिवर्तनहरू देखेको छ । आज केही चलचित्रमा अनावश्यक लिपलकका दृश्य देखिए पनि बिचमा एक समय थियो जब फिल्ममा चुम्बन दृश्य वा रोमान्टिक दृश्यलाई लोकप्रियता कै लागि चलचित्रमा समावेश गरिन्थ्यो । आज हामी केही त्यस्ता हिन्दी फिल्मका बारेमा चर्चा गर्दैछौं जसमा चुम्बनका दृश्य भरमार थिए ।
3G
यो सूचीको पहिलो स्थानमा नील नितिन मुकेशको चलचित्र 3G छ जसको निर्देशन सोनल चौहानले गरेका थिए । यो हरर-थ्रिलर फिल्मले बक्स अफिसमा कुनै रेकर्ड त तोड्न सकेन तर यसले सबैभन्दा धेरै चुम्बन दृश्यको रेकर्ड भने बनायो । यो फिल्ममा १ – २ होइन पूरै ३० वटा चुम्बन दृश्य समावेश थियो।
नील एन्ड निक्की
सन् २००५ मा रिलिज भएको फिल्म ‘नील एन्ड निक्की’ निकै बोल्ड थियो जसमा पनि भरमार चुम्बन दृश्य थिए । उदय चोपडा र तनिषा मुखर्जी अभिनीत यो फिल्ममा करिब २१ वटा चुम्बन दृश्य थिए । यद्यपि यो फिल्म बक्स अफिसमा नराम्रोसँग पिटियो ।
मर्डर
अनुराग बसु द्वारा निर्देशित कामुक थ्रिलर फिल्म मर्डर सन् २००४ मा रिलिज भएको थियो । इमरान हाशमी र मल्लिका शेरावत अभिनीत यो फिल्ममा २० वटा चुम्बन दृश्य र धेरै बोल्ड गीतहरू थिए जसका कारण यो फिल्म निकै चर्चामा रह्यो ।
ख्वाहिश
मल्लिका शेरावतको फिल्म ‘ख्वाहिश’ सन् २००३ मा रिलिज भएका फिल्महरूमध्येको एउटा चर्चित फिल्म थियो। यो चलचित्रमा पनि जम्मा १७ वटा चुम्बन दृश्य थिए जसका कारण त्यतिबेला यो चलचित्रका सीडी तथा डीभिडीहरुको बिक्री निकै राम्रो रह्यो ।
मलंग
आदित्य रोय कपुर र दिशा पटानीको फिल्म मलंग पनि यो सूचीमा छ । यो फिल्मको एक्सन बलियो भए पनि यसमा रोमान्टिक दृश्यको कमी थिएन । पानीमुनि चुम्बन गर्ने दृश्यदेखि लिएर उल्टो झुण्डिएर चुम्बन गर्ने दृश्यसम्म यसका धेरै चुम्बन दृश्य भाइरल भए ।
गहराइयां
सन् २०२२ मा रिलिज भएको दीपिका पादुकोण र सिद्धान्त चतुर्वेदीको फिल्म ‘गहरिइयां’ पनि यस्तै अर्को चलचित्र हो । यो फिल्ममा धेरै रोमान्टिक चुम्बन दृश्यहरू समावेश थिए जसले सम्बन्धको उथलपुथललाई प्रस्तुत गरे ।
प्रतिक्रिया