पर्यटन राज्यमन्त्री शिर्पालीले लिइन् शपथ
नेपालखोज
२०७९ माघ ४ गते १५:३०

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ गराएका हुन् ।
मंगलबार ढिलो सूचना पाएका कारण राज्यमन्त्री शिर्पाली राष्ट्रपति कार्यालयमा भएको मन्त्री र राज्यमन्त्रीहरूसँगको सामूहिक शपथ समारोहमा सहभागी भएकी थिइनन् ।
त्यसबेला उनी काठमाडौं उपत्यकाबाहिर थिइन् । बाटाे आउँदाआउँदै ढिला भएकाे थियाे । शपथ ग्रहण समारोहमा मन्त्री लगायत उपस्थित थिए ।
सम्बन्धित
प्रतिक्रिया