शनिबार, असार २१, २०८२

२०१७ मा प्रकाशित कार्टुन

सुनिल उलक २०७९ माघ ९ गते ११:१५

राजा महेन्द्रको २०१७ सालको कदम पछि भारतीय कार्टुनिस्ट के. शंकर पिल्लईको नियमित कलम शंकर्स विक्लीमा २५ डिसेम्वर १९६० अर्थात बि.सं. २०१७ पुस ११ गते प्रकाशित कार्टुन ।

राजा महेन्द्र राजनैतिक पार्टीहरुलाई बोरामा बाँधेर हातमा संगीन लिएर उभिएका छन् । बायाँ तर्फ भारतीय प्रधानमन्त्री नेहरु आश्चर्यित भएर हेरिरहेका छन् भने दायाँ तर्फ माओ र चाउ एन लाइ हिमाल पारीबाट चियाइरहेका छन् । बोरा भित्रबाट कोही भारत तर्फ, कोही चीनतर्फ गुहार मागिरहेका छन् । साथमा शिर्षक दिइएको छ “बालकको खेल“ । त्यतिबेला बालहठ ठानिएको यो कदमले देशमा ३० वर्ष शासन चलायो ।

प्रतिक्रिया