लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धार : आईओएम
नेपालखोज
२०७९ माघ १८ गते ७:२८

एजेन्सी । गत हप्तामा ३३१ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सोमबार बताएको छ ।
सन् २०२३ जनवरी २२–२८ सम्मको समयाअवधिमा ३३१ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइयो आईओएमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । उद्धार गरिएका आप्रवासीमा २० महिला र ३५ बालबालिका रहेका छन् । यस वर्ष अहिलेसम्म कुल १ हजार एक सय ३ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ ।
१७ सत्र जनाको मृत्यु भएको छ भने १८ जना लिबियाको तटबाट बेपत्ता भएका छन्, आईओएमले जनाएको छ । सन् २०२२ मा, कुल २४ हजार छ सय ८४ आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइएको आईओएमले खुलासा गरेको छ ।
मध्य भूमध्यसागरीय मार्गमा लिबियाको तटबाट ५सय २९ आप्रवासीको मृत्यु भएको छ भने ८ सय४८ जना बेपत्ता भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया