शुक्रबार, वैशाख ७, २०८१

गोर्खा भूमिः एउटा दुखान्त कथा

नेपालखोज २०७९ माघ १८ गते १५:११

किन
तिम्रा स्मरणहरु
यति छिटै धमिलिएका

तिमीलाई
मेरो आवाजमा पनि
किन विश्वास नभएको ?
स्मरण र दृष्टिहरु हराएर पनि
छोरालाई आमाले चिन्दछे
आवाज ननिकालिकनै पनि
मात्रै सम्सुम्याउँदै
आमाले
छोराछोरी पहिल्याउछे
तर
किन, मेरी आमा तिमीले
कैयौं वर्ष यता
अथवा
जन्म पाएकै दिन देखि
आजसम्म मलाई चिन्न सकिनौ ?
ooooooooo

तिम्रा
च्यातिएका
योनिका हरेक चिरा चिराहरुमा
हेर्न सक्छ्यौ तिमी
तिम्रो छोरोको प्रतिबिम्ब !
तिम्रो छोरोको अनुहार !!
ooooooooo
तर
ठिक्क त्यसैबेला
तिमी
टिस्टा बनेर
उसलाई बगाउने ग¥यौ
तिमी सतलज बनेर
उसलाई हुत्याउने ग¥यौ
र,
यस्तो बेला पनि
उसले तिमीलार्ई स्वयम्, ऊ आफू भन्दा पनि
धेरै माया ग¥यो
र ऊ पानी मै बग्दा पनि
त्यसले छट्पटाई नै रह्यो
सत्ते आमा
तिम्रो छोरो
जन्मिएदेखि आजसम्म
सँधै–सँधै
आँसुले नै नुहाई रह्यो ।

किन आमा
जन्मने वित्तिकै–म
तिमी
यसरी दुई चिरामा बाडियौ !

(कवि राजेश ढुगांना चालीस वर्षदेखि कविता लेखिरहेका छन् ।)

प्रतिक्रिया