टुकुचा उत्खनन नगर्न काठमाडौं महानगरविरुद्ध निषेधाज्ञाको रिट जारी
नेपालखोज
२०७९ माघ १८ गते २०:४०

काठमाडाैं । उच्च अदालत पाटनले टुकुचा उत्खनन नगर्न काठमाडौं महानगरविरुद्ध निषेधाज्ञाको रिट जारी गरेको छ । न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको इजलासले आज अन्तिम सुनुवाइपछि रिट जारी गरेको हो ।
बुधबार न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन गैरकानुनी भन्दै जग्गाधनीको पक्षमा फैसला गरेको हो ।
यसअघि नै अदालतबाट यस विषयको निरुपण नगरी उत्खनन कार्यलाई अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया