मंगलबार, असार १०, २०८२

उपाध्यक्ष अर्याल पार्टीको जिम्मेवारीबाट अलग

नेपालखोज २०७९ माघ २५ गते १५:४३

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएपछि उर्मिला अर्याल माओवादी पार्टीको पद तथा जिम्मेवारीबाट अलग भएकी छिन् ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन भन्दै नेत्री अर्यालले माओवादीको सम्पूर्ण जिम्मेवारी त्यागेकी हुन् ।

अर्यालले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ’राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकोले यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन म आबद्ध रहेको दल नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक सांगठनिक जिम्मेवजारीबाट अलग रहेको घोषणा गर्दछु ।’

अर्याल यसअघि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्यको रुपमा थिइन् । उनी गत सोमबार सत्ता गठबन्धन दलहरूको तर्फबाट राष्ट्रिय सभाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया