आइतबार, जेठ ६, २०८१

सन्दर्भ : प्रोमिस डे

सुनील सापकोटा २०७९ माघ २८ गते ९:५१

‘भेलेन्टाइन सप्ताह’ को आज ‘प्रोमिस डे’ रहेछ । हुन त, यो हाम्रो संस्कृति होइन । तर अचेलका केही शहरिया आधुनिक भनाउँदा फेसनेबल युवा युवतीहरुले यो आयातित अङ्ग्रेजी संस्कृतिलाई मनाएको देख्छु । यो हाम्रो संस्कृति नभएपनी सबैलाई प्रेम गर्ने काम चाहिँ राम्रै काम हो ।

प्रेम र सत्ता वाचाको जगको विश्वासमा अडेको हुन्छ तर गजबको कुरा के छ भने यही दुई क्षेत्रमा वाचाहरु बढी तोडिएको देख्छु अचेल । आजको दिन दुनियाँ भरीका प्रेमीहरु र प्रेमिकाहरुले एकअर्कालाई मनाउन म तिमिले भनेको सबै कुराहरु मान्छु भनेर विभिन्न वाचाहरु गरि विश्वास दिलाउने कोशिस गरेका हुन्छन् । तर यदि तिनिहरु बिच विवाह भइहाल्यो भने पनि नुन तेल र व्यवहारको चक्करमा पहिलेका ती वाचाहरु टुटेर कता पुग्छ, कता कता ।

त्यस्तै, विवाहपछि प्रेमिप्रेमिकाको बिचमा जुन पहिलेको प्रेम थियो । त्यो पनि हावा झैं उढेर कता पुग्छ । त्यसैले मलाई के लाग्छ भने प्रेमको मृत्यु विवाह हो । यो विषयमा हिन्दी सिनेमाका निर्माता निर्देशक एवम् कथाकार गुलजारको फिल्म इजाजत भन्ने हिन्दी सिनेमा हेर्दा हुन्छ । त्यहाँ प्रेमको अन्त्य विवाह हो भन्ने कुरा देखाउन खोजिएको छ ।

मलाई “प्रेम“ एउटा बाहिरी उत्प्रेरक तरङ्ग हो, जस्तो लाग्छ । जस्ले हाम्रो मस्तिष्कका शिराहरुलाई आफ्नो स्पर्शबाट झंकृत गरिरहेको हुन्छ र हामीलाई एउटा स्वप्निल संसारमा लगेर हाम्रो मनलाई आनन्दको स्थितिमा पुर्याउँछ । मलाई के लाग्छ भने बाहिरी उत्प्रेरणाले भित्री चेतन लाई जुन प्रभाव पार्छ त्यो अदृश्य आनन्द नै प्रेम होला ।

प्रेममा हामी कसैको देह (रुप) कसैको ममतामयी स्पर्श, कसैको बोली, कसैको सानिध्य, कसैको स्वार्थरहित माया आदिले जुन प्रभाव पार्छ र त्यो व्यक्ति न हुँदा पनि जब पारी रहन्छ, त्यो नै प्रेमोन्मत्त स्थिती होला । त्यो प्रेम नै इश्वरको आभास होला जस्तो मलाई लाग्छ ।

प्रतिक्रिया