मंगलबार, असार ३, २०८२

२१ अंकले नेप्से घट्दा १ अर्ब ६८ करोडको सेयर किनबेच

नेपालखोज २०७९ फागुन ४ गते १५:२९

काठमाडौं । ४ नेप्सेको उच्च अंकको गिरावटले साताको अन्तिम कारोबार दिन बिहिबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १३ दशमलव ९० अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पुन २१ दशमलव १५ अंकले घटेर दुई हजार ७० दशमलव ४१ अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७० अंकले घटेर तीन सय ९६ दशमलव ४४ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ५६ वटा कम्पनीहरुको ३५ हजार ७९ पटकको कारोबारमा ४७ लाख ४७ हजार पाँच सय ६७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम एक अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार हुँदा १३ वटै समूहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाणिज्य बैंक समूहको सूचक आठ दशमलव ७५ अंकले घटेर १३ सय ५१ दशमलव ९१ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक ४४ दशमलव एक अंकले घटेर तीन हजार छ सय ५० दशमलव ६१ अंकमा झरेको छ ।

जलबिद्युत समूहको समूहको सूचक पनि ३७ दशमलव ५९ अंकले घटेर २५ सय ४१ दशमलव ६६ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ४४ दशमलव नौं अंकले घटेर १० हजार तीन सय १३ दशमलव ४४ अंकमा झरेको छ । निर्जिवन बीमा समूहको सूचक पनि एक सय २४ दशमलव दुई अंकले घटेर आठ हजार नौं सय ५९ दशमलव ६५ अंकमा झरेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समूहहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज सानिमा लार्ज क्याप फण्डको प्रतियुनिट सेयर मुल्य सात दशमलव ६५ प्रतिशतले बढेर नौं रुपैयाँ एक पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार हुँदा युनिलिभर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य पाँच दशमलव ९१ प्रतिशतले घटेर २० हजार सात सय रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालिको प्रतिकित्ता २५ सय २४ रुपैयाँ अन्तिम मुल्यमा पाँच करोड ३८ लाख २७ हजार पाँच सय ४९ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया