आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिदेशीय शृंखलामा नेपालकाे नामिबियामाथि शानदार जित
नेपालखोज
२०७९ फागुन ६ गते १६:५२

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलामा नेपालले नामिबियामाथि शानदार जित हासिल गरेकाे छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार ३ विकेटको जित निकाल्दै नेपालले नामिबियामाथि लगातार दोस्रो जित निकालेको हो ।
२७५ रनको लक्ष्य पछ्याएको नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो । नेपालको जितमा ओपनर आसिफ शेख, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कुशल मल्लको ब्याटिङको मुख्य भूमिका रह्यो ।
सम्बन्धित
प्रतिक्रिया