नेपाल सेनाको चिफ सम्मेलन सम्पन्न
नेपालखोज
२०७९ फागुन ७ गते १७:५१

काठमाडौं । नेपाली सेना स्थापनाको २६० औं बार्षिक उत्सवका अवसरमा आयोजित सेना दिवस २०७९ मा सहभागी हुन आएका भारतीय सेनाका पूर्व सेनाध्यक्षहरु र उनीहरुका समकक्षी नेपालका पूर्व प्रधान सेनापतिहरुको सहभागितामा, प्रधान सेनापति महारथी प्रभुराम शर्माको समुपस्थितिमा आईतबारचिफ सम्मेलन–२०७९ आयोजना भएको छ ।
जंगी अड्डा मा आयोजित सो कार्यक्रममा सहभागिहरु बीच आपसी हितका विविध विषयहरुमा छलफल भएको छ ।
यसअघि आईतबार नैं नेपाल भ्रमणमा रहेका भारतका पूर्व सेनाध्यक्षहरुले जोमसोमस्थित मुक्तिनाथ मन्दिरको दर्शन तथा पुजापाठ गरेको नेपाली सेनाले जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया