शुक्रबार, असार १३, २०८२

यी प्रदेशमा छ आज वर्षा र हिमपातको सम्भावना

नेपालखोज २०७९ फागुन १३ गते ६:१७

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाहाखाले जनाएकाे छ । अहिले प्रदेश नं १, मधेश प्रदेश बागमती प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको विचागले जनाएकाे छ ।

आज दिउँसो प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया