शनिबार, जेठ ४, २०८२

आईसीसी यू-१९ : नेपाल र हङकङ खेल्दै

नेपालखोज २०७९ फागुन १५ गते ८:३६

काठमाडाैं । आईसीसी यू-१९ विश्वकप  अन्तर्गत एसियाली छनोटमा आज नेपालले हङकङसँग खेल्दै छ । नेपाल र हङकङबीचको खेल बिहान सवा ११ बजेदेखि दुबईमा हुने छ ।

नेपाल लगातार तेस्रो जितको खोजिमा हुने छ भने हङकङ दोस्रो जित निकाल्ने लक्ष्यमा रहने छ । नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा कुवेतविरुद्ध जित निकालेको थियो ।

हङकङले आफ्नो पहिलो खेलमा कुवेतलाई पराजित गर्दा युएईसँग पराजय भोगेको थियो । नेपाली टिम उत्कृष्ट लयमा रहेकाले सोही लयलाई निरन्तरता दिन सके हङकङविरुद्ध जित निकाल्न सहज हने अपेक्षा गर्न सकिन्छ । 

प्रतिक्रिया