सुस्मा र शिवसंगमको ‘यो कसम’ (भिडियो)
नेपालखोज
२०७९ फागुन १६ गते १९:०१

काठमाण्डौं । सुस्मा राई र शिवसंगम राईले गाएको गीत ‘यो कसम’ सार्वजनिक गरिएको छ ।
ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा शिवसंगम राईको शब्द संगीत रहेको छ । सुन्दर लामाको एरेन्जमा तयार गीत त्रिताल स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
जस बहादुर याखा (जसु)को निर्देशनमा तयार भएको गीतको भिडियोमा रजनी गुरुङ र आनन्द गुरुङले रोमान्स गरेका छन् ।
अमृत चाँपागाइले भिडियो सम्पादन गरेका हुन् भने दिनेश पराजुलीले खिचेका हुन् ।
पुर्वेली लबजमा तयार भएको गीत प्रेमिल बनेको छ ।
सम्बन्धित
प्रतिक्रिया