‘दलहरुबीच सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउँछाैं’
नेपालखोज
२०७९ फागुन २६ गते १२:२७

काठमाडौ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा निर्णय नभइसकेको बताएका छन् ।
शुक्रबार ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनको शालिकको दर्शन गर्दै उनले यस्तो बताएका हुन् । उनले केही समझदारी र सहमति भएपनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताए ।
उनले अब छिटै नै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने पनि बताए । उनले दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने बताए ।
सम्बन्धित
प्रतिक्रिया