किन पिउने एकाबिहानै मनतातो पानी ?

हाम्रो शरीरले दिनभरि सयौं कार्य गर्दछ । ति मध्ये धेरै कार्यहरू यस्ता छन् जसका बारेमा हामीलाई जानकारी पनि हुँदैन किनभने ती कार्यहरु शरीर भित्र सम्पन्न हुन्छन ।
जस्तै रगत बनाउने , खाना पचाउने , शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने आदि । यी सबै काममा पानी निकै महत्त्वपूर्ण छ । त्यसमा पनि बिहान खाली पेटमा मनतातो पानी पिउनु बढि फाइदाजनक हुन्छ ।
कति पटक पिउने ?
अक्सर के हुन्छ भने हामी बिरामी हुँदा डाक्टरहरूले तातो पानी पिउने सल्लाह दिन्छन् । तातो पानी पिउने कुरा सुन्दा हाम्रो अनुहार खुम्चन्छ किनभने हामिलाई तातो पानी मिठो लाग्दैन । जब हामी बिरामी पर्दा त तातो पानी पिउन चाहँदैनौं भने बिरामी नहुँदा कसरी तातो पानी पिउन सक्छौं ?
तातोपानीका फाइदा कतिपयलाई अझै थाहा छैन । यदि तातो पानीका अचम्मका फाइदाहरुका बारेमा जानकारी हुने हो भने जो कोहि तातो पानी पिउन हौसिन्छन । तातोपानी पिउनुको अर्थ दिनभरि तातो पानी पिउनुपर्छ भन्ने होइन । हामिले गर्नु पर्ने भनेको बिहान खाली पेटमा मनतातो पानी पिउनु हो । तातो पानी पिउनुको अर्थ धेरै तातो पानी पिउनुपर्छ भन्ने पनि होइन । यसमा मनतातो (मनतातो) पानी पिउनुपर्छ, जसलाई आरामले पिउन सकिन्छ र मुख पनि पोल्दैन । चुस्की लिदैँ पानी पिउनुपर्छ ।
धेरैजसो मानिसहरु बिहान चिया वा कफी पिउन रुचाउँछन् जसको सेवनले कब्जियत, एक्ने, ग्यास, अपच तथा जोर्नी दुख्ने जस्ता समस्या निम्त्याउँछ । सबैजसो मानिस सधैं फिट तथा रोगबाट टाढा रहन चाहन्छन् । हामी सबैको शरीर स्वस्थ हुनुपर्छ त्यो पनि बिना औषधि र हामी चाहन्छौं हाम्रो शरीरका सबै प्रक्रियाहरू ठीकसँग चलुन ।
यसका लागि पेट खराब हुने समस्या कहिल्यै उत्पन्न हुनुहुँदैन , पेट सधै सफा हुनुपर्छ । यो समस्याबाट छुटकारा पाउन केही गर्नुपर्दैन, बिहान खाली पेट पानी पिए पुग्छ । यसका कारण हाम्रो कलेजो, मुटु तथा मृगौला सबैले ठीकसँग काम गर्नेछन र पाचन क्रिया पनि राम्रो हुनेछ ।

प्रतिक्रिया