मंगलबार अपनाउनुहोस् यी ५ उपाय !

सनातन परम्परामा मंगलबारलाई रामभक्त हनुमान जीको शुभ दिन मानिन्छ । यो दिन हनुमानजीको पूजा गरी व्रत बस्ने भक्तजनको सबै मनोकामना पूरा हुनुका साथै सूर्य ग्रह बलवान हुने जनविश्वास छ । यदि कोहि कुनै पनि संकटले घेरिएको छ, समस्याहरु नष्ट भइरहेका छैनन् भने हनुमान जीको पूजा गर्नाले विशेष लाभ मिल्नेछ । मंगलबार केही विशेष उपाय पनि अबलम्बन गर्न सकिन्छ ।
१ . यदि समस्याले घेरिरहेको छ र कुनै राहत मिलिरहेको छैन भने ४० दिनको यो उपायले विशेष लाभ दिन्छ । त्यसका लागि ४० दिनसम्म बिहान वा बेलुका हनुमान जीको मन्दिरमा गएर तोरीको तेल हालेर माटोको दियो बाल्नुपर्छ । मन्दिरमा दीप प्रज्वलन गरेपछि त्यहाँ बसेर हनुमान चालिसाको पाठ गर्नु उपयुक्त हुन्छ ।
२ . मंगलबार घरमा दियो बाल्न सकिन्छ, हनुमानजीको पूजा गर्न सकिन्छ र त्यसपछि सिन्दुरको टिका लगाउनुपर्छ । यो उपाय अपनाए सबै मनोकामना पूरा हुनेछन् र धनको पनि कमी हुनेछैन ।
३ . मंगलबार बिहान नुहाएर ११ वटा पीपलको पात गंगाजलले धुनुहोस् । ती पातमा कुमकुम, अष्टगन्ध र चन्दन मिसाएर त्यसले श्रीराम लेख्नुहोस् । श्रीराम लेख्ने क्रममा हनुमान चालिसा पाठ गर्नुहोस् । यो पातको माला बनाएर हनुमान जीको मन्दिरमा चढाउनुहोस् । हरेक मंगलबार यो उपाय अपनाए केही दिनमै मनोकामना पूरा हुनेछ ।
४. सुख – समृद्धिबाट वञ्चितहरुले मंगलबार राती सुत्नुअघि हनुमान जीको अगाडि तोरीको तेल हालेर माटोको दियो बालि हनुमान चालिसा पाठ गर्नुपर्छ । तोरीको तेलको दियोमा ल्वाङ हालेर हनुमान जीको आरती गरे संकट हट्नेछ भने धन प्राप्त हुनेछ ।
५. घरको कुनै पवित्र स्थानमा हनुमान जीको तस्बिर हनुमान जीले दक्षिणतिर हेरे जस्तो गरि राख्नुपर्छ । प्रत्येक मंगलबार हनुमानजीलाई सिन्दुर र चमेलीको तेल चढाए मनोकामनाहरु पूरा हुनेछन् ।
प्रतिक्रिया