घरमै बसि बसि हेर्नुहोस् २०२३ का ओस्कार विजेता फिल्म

काठमाडाैं । ओस्कर अवार्ड- २०२३ का विजेताहरुको घोषणा भैसकेको छ । ९५ औँ एकेडेमी अवार्ड समारोह अमेरिकाको लस एन्जलसस्थित डल्बी सेन्टरमा सम्पन्न भएको थियो जसमा हलिउड फिल्म ‘एभरिथिङ एभरिवेयर अल एट वन्स’ ले ७ विभिन्न विधामा अवार्ड जित्यो । यस पटक ओस्कर अवार्ड् जितेका केही चलचित्र ओटीटी प्लेटफर्ममा समेत उपलब्ध छ जहाँ गएर हामी २०२३ को ओस्कर विजेता फिल्महरू हेर्न सक्छौँ ।
एभरिथिङ एभरिवेयर अल एट वन्स
हलिउड फिल्म एभरिथिङ एभरिवेयर अल एट वन्सले ९५ औं ओस्कार अवार्ड समारोहमा हलचल नै मच्चायो । एभरिथिङ एभरिवेयर अल एट वन्सले ७ विधाका ओस्कार जितेको छ । यो वर्षको ओस्कार अवार्डमा एभरिथिङ एभरिवेयर अल एट वन्स सर्वोत्कृष्ट फिचर फिल्म समेत घोषित भयो । हामि यो शानदार फिल्म ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा सजिलै हेर्न सक्छौँ ।
द एलिफ्यान्ट व्हिस्पर्स
ओस्कर अवार्ड – २०२३ मा भारतीय सर्ट फिल्म द एलिफ्यान्ट व्हिस्पर्सले बेस्ट डकुमेन्ट्री सर्ट फिल्म विधामा उपाधि जितेको छ । निर्माता गुनीत मोंगा तथा कार्तिकेय गोन्साल्विसको यो फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा हेर्न सकिन्छ ।
नभल्नी
ओस्कार अवार्ड- २०२३ मा उत्कृष्ट डकुमेन्ट्री फिचर फिल्मको उपाधि हलिउडको सर्ट फिल्म ‘नभल्नी’को नाममा रह्यो । यो फिल्म ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा उपलब्ध छ ।
अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
हलिउड फिल्म अल क्वाइट अन द वेस्टर्न फ्रन्टले सन् २०२३ को ओस्कार अवार्डको उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड जितेको छ । ओटीटी प्लेटफर्म नेटफ्लिक्समा घरमै बसि- बसि यो फिल्मको मजा लिन सकिन्छ ।
आरआरआर
दक्षिण भारतको ब्लकबस्टर फिल्म आरआरआरको सुपरहिट गीत नाटु-नाटुले सन् २०२३ को ओस्कार अवार्ड जितेर इतिहास रच्यो । यो फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा हेर्न सकिन्छ ।
प्रतिक्रिया