आन्तरिक विवादका कारण १३ क्याम्पसमा स्ववियु चुनाव स्थगित
नेपालखोज
२०७९ चैत ५ गते १०:२८

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरगतका १३ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।
अधिकांश क्याम्पसहरुमा आज स्ववियु निर्वाचन भइरहे पनि १३ क्याम्पसमा आन्तरिक विवादका कारण निर्वाचन सुरु हुन नसकेको हो । समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार काठमाडौं उपत्यकाभित्रका ७ र बाहिरका ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको हो ।
काठमाडौंमा २२ आंगिक क्याम्पसहरूमध्ये अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ७ क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।
काठमाडौं उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा पनि स्ववियु निर्वाचन हुन सकेको छैन् ।
सम्बन्धित
प्रतिक्रिया