एक महिनाभन्दा कम समयमा सुटिङ भएका बलिउड फिल्म

काठमाडाैं । बलिउड फिल्म बनाउन लामो समय लाग्छ, सुटिङ महिनौं चल्छ अनि मात्र फिल्म हलमा आउँछ। के तपाईलाई थाहा छ केहि त्यस्ता बलिउड चलचित्र पनि छन् जसलाई बनाउन एक महिना भन्दा कम समय लागेको थियो । एउटा चलचित्र १० दिनको छायांकनमा तयार भएको थियो भने अर्को १६ दिनको छायांकनमा ।
यी बलिउड फिल्महरू कुन हुन् ।
जोली एलएलबी- २
अक्षय कुमार, अन्नु कपूर र सौरभ शुक्ला स्टारर फिल्म ‘जोली एलएलबी- २’ को सुटिङ हुन मात्र एक महिना अर्थात ३० दिन लागेको थियो ।
तनु वेड्स मनु रिटर्न्स
आर माधवन र कंगना रनौतको प्रेमकथा ‘तनु वेड्स मनु रिटर्न्स’ को सुटिङ पनि चाँडै सकिएको थियो । यो फिल्म निर्माण हुन मात्र ३० दिन लागेको बताइएको छ ।
हरामखोर
नवाजुद्दीन सिद्दीकी र श्वेता त्रिपाठीको फिल्म ‘हरामखोर’ को सुटिङ टाइम मात्र १६ दिनको थियो ।
धमाका
कार्तिक आर्यन र अलाया एफको ओटीटी फिल्म ‘धमाका’ मात्र १० दिनमा पूरै छायांकन गरिएको थियो।
प्रतिक्रिया