शनिबार, वैशाख १५, २०८१

बियर अब पाउडर फर्ममा

नेपालखोज २०७९ चैत १० गते १९:१७

तपाई – हामिले रसना जस्ता सफ्ट ड्रिकं पाउडर भर्सनमा आउने कुरा त थाहा पाएकै छौं । तर अब के तपाईं पाउडरबाट बियर बनाउन र पिउन चाहनुहुन्छ ? एक जर्मन ब्रुअरीले यस्तो पाउडर बनाएको छ, जसलाई घोलेर बियर बनाईन्छ । यो बियरमा अल्कोहल भने हुँदैन ।

यो अल्कोहल फ्री बियर पाउडर बियर निर्माता जर्मन कम्पनी नोएत्सेले ब्रूअरी ( Knoetsele Brewery ) ले तयार पारेको हो । दुई चम्चा पाउडर पानीमा घोलेपछि यो बियर तयार हुन्छ । ब्रुअरीका महाप्रबन्धक स्टेफान फ्रिचेका अनुसार यो आफ्नो किसिमको पहिलो बियर पाउडर हो । यस्तो बियर यसअघि कहिल्यै उपलब्ध थिएन।

यो बियर पाउडरको उद्देश्य कार्बन उत्सर्जन कम गर्नु पनि हो । बोतल बन्द बियर उत्पादन गर्दा धेरै बढी कार्बन उत्सर्जन हुन्छ । फ्रिचेका अनुसार यो पाउडरले केवल जर्मनीको कार्बन उत्सर्जन तीन देखि पाँच प्रतिशतले घटाउन सक्छ ।

तीन प्रकारको बियर

लागर, पिल्सनर र डार्क बियर अर्थात् बियर पाउडरबाट तीन प्रकारको बियर तयार गर्न सकिन्छ । यसको बिक्री – बितरण यो अंग्रेजी वर्षको अन्त्य देखि सुरु हुनेछ ।

यो पाउडर बारमा बियर तयार गरी गिलास वा बोतलमा हालेर बिक्री गर्न सकिन्छ भने घरमा लगेर आफुले चाहेको बेला प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया