शुक्रबार, वैशाख २८, २०८१

विभिन्न विधाका आठ स्रष्टालाई पुरस्कार

नेपालखोज २०७९ चैत १२ गते १६:२५

काठमाडौं । मकवानपुरस्थित मातृभूमि साहित्य समाजले विभिन्न विधाका आठ स्रष्टालाई पुरस्कृत गरेको छ । उक्त समाजको २३ औँ वर्षिक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा रु २० हजार राशिको नित्यगोविन्द स्मृति मातृभूमि सङ्गीत पुरस्कार वरिष्ठ सङ्गीतकार भूपेन्द्र रायमाझीलाई र रु २१ हजार राशिको मायादेवी मातृभूमि साहित्य पुरस्कार काठमाडौका साहित्यकार सीता विष्टलाई प्रदान गरिएको हो ।

रु १५ हजार राशिका क्षेत्रवहादुर वाँनियाँ स्मृति मातृभूमि पुरस्कार मकवानपुरका साहित्यकार रमेश मोहन अधिकारीलाई र राजकुमार वानियाँ स्मृति मातृभूमि पुरस्कार रौतहटका साहित्यकार हरिकृष्ण काफलेलाई प्रदान गरियो भने रु दसहजार राशिका हातेमाले मातृभूमि युवा सिर्जनशील युवा पुरस्कार हेटौडाका राष्ट्रिय गायक सुनिल कर्माचार्यलाई, मायादेवी मातृभमि साहित्य पुरस्कार वाराको कलैया निवासी साहित्यकार अप्सरा पुडासैनीलाई र मञ्जु सुवेदी मातृभूमि पुरस्कार मकवानपुरकी पत्रकार सम्झना कार्की (नानीमैया)लाई प्रदान गरियो ।

यसैगरी रु सात हजार पाँच सय राशिको मङ्गलादेवी श्रेष्ठ स्मृति मातृभूमि बाल पुरस्कार हेटौडाका बालगायक चिराग डङ्गोललाई प्रदान गरियो । समाजका अध्यक्ष माधव पोखरेलको सभातित्वमा आयोजित सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललितवहादुर घलानले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया