कुहिएको आलु फालेर बोरा जोगाउन मलाई आउँछ : रवि लामिछाने

नेपालखोज २०७९ चैत २७ गते ११:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेले कुहिएको आलु फालेर बोरालाई जोगाउन आफुलाइ आउने बताएका छन् । उपनिर्वाचनको क्रममा अडियो सार्वजनिक भएको भन्दै त्यसले कुनै फरक नपार्ने उनको भनाई छ ।

सामाजिक संजालमा उनले लेखेका छन्, ‘ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने,जोगाउने, पाल्ने, पुज्ने पार्टी होइन । पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहँदैनौं । कडा भन्दा कडा कारबाही गर्छौं । आलु कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ।’

उनले भ्रष्टाचारविरुद्धको आफ्नो अभियान जारी रहेको बताउँदै पार्टीभित्रका जो कोही भए पनि कारबाही हुने बताए । उनले भनेका छन्, ‘दोषी ठहर भए अर्को व्यक्तिलाई सांसद ल्याउछौँ ।’ उनले आफ्नो पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठको दुई करोड काण्डबारे बोल्दै आइतबार ७२ घण्टाको समय मागेका थिए । छानबिन गर्न पार्टीको अनुशासन समितिलाई ७२ घण्टाको समय दिइएको छ ।

प्रतिक्रिया