आइपिएलमा आज : पुछारका दुई टिमबीचकाे प्रतिस्पर्धा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १६ औं खेलमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा संचालन हुनेछ।
दिल्ली ३ खेलमा जित विहीन हुँदै अहिलेेसम्म अंक तालिकाको पुछारमा छ । मुम्बई भने २ खेलमा जित विहीन स्थितिमा नवौं स्थानमा छ । यो आइपिएलमा अहिलेसम्मका जित विहीन टिम पनि दिल्ली र मुम्बई मात्र हुन् । दुबै टिममा राम्रा खेलाडी भएपनि उनिहरुको प्रदर्शन सन्तोषजनक छैन् ।
दिल्ली लखनऊसँग ५० रन, गुजरात जायन्ट्ससँग ६ विकेट तथा राजस्थान रोयल्ससँग ५७ रनले पराजित भएको थियो भने मुम्बई बेंगलोरसँग ८ विकेट र चेन्नई सुपर किंग्ससँग ७ विकेटले पराजित भएको थियो ।
आइपीएलको यो सोरौं सिजनमा लखनऊ ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । समान अंक र नतिजा भएपनि नेटरनरेटका कारण क्रमश : कोलकाता तेस्रो, गुजरात चौथो, चेन्नई पाँचौं र पन्जाब छैटौं स्थानमा छन् । बेंगलोर ३ खेलमा १ मा जित र २ मा हारसहित सातौं स्थानमा छ भने समान खेल र नतिजा भएपनि हैदराबाद आठौं स्थानमा छ ।
आइपिएलमा मुम्बई र दिल्लीबीच जम्मा ३२ वटन खेल भएका छन् जसमा दिल्लीले १५ तथा मुम्बईले १७ खेलमा जित हात पाेका छन भएका छन् । पछिल्ला पाँच भेटमा दिल्ली तीन र मुम्बई दुई खेलमा विजयी भएको छ ।

प्रतिक्रिया